शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने सरकारको तयारी

बाइलाइन नेपाल
९ भाद्र २०७७, मंगलवार १७:४७

सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ। कोभिड-१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन्।

स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो। ‘शिक्षकहरू अहिले त्यतिकै बसिराख्नु भएको छ’, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने,‘हामीले शिक्षकहरूलाई खटाउने विषयमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छौं।’

सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ। काठमाडौंमा एक साताभित्र ४० देखि ५० हजार जनाको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर परीक्षण गर्ने तयारी भैरहेको पोखरेलले बताए।

हाल देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ। तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ। मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई दुई तीन वटासम्म कन्ट्याक्ट ट्रेसिङ गर्ने टोली बनाउन समेत सुझाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*