च्याम्पियन्स लिगको उपाधि बार्यन म्युनिखलाई

बाइलाइन नेपाल
८ भाद्र २०७७, सोमबार ०६:५३

जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ। सोमबार बिहान लिसवनमा भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बार्यनले छैटौँ पटक उपाधि हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बायर्नले ५९औं मिनेटमा किंग्सले कोमानको गोलमा लिएको अग्रता नै निर्णायक सावित भयो ।खेलको शुरुआतदेखि बार्यन आक्रामक देखिए पनि पीएसजीले सृजना गरेका प्रशस्त गोलका अवसरलाई गोलमा परिणत गर्न सकेन ।

नेयमार, किलियन एम्बाप्पे र एन्जल डि मारियाले पीएसजीको अग्रपंक्ति सम्हाले पनि गोल गर्न भने सकेनन्। योसँगै बार्यन छैटौं पटक युरोपियन च्याम्पियन बनेको छ। यसअघि सन् १९७५,१९७६,१९७७, २००१ र २०१३ मा बार्यन युरोपको च्याम्पियन बनेको थियो। पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले भने अपेक्षा अनुसार खेल्न नसक्दा उपविजेता मै सीमित हुन पुग्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*