देशभर थपिए ८१८ जना कोरोना संक्रमित

बाइलाइन नेपाल
७ भाद्र २०७७, आईतवार १६:४०

पछिल्लो २४ घन्टामा देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १८ हजार ६ सय ३१ जना निको भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमित १३ हजार १५५ जना छन् भने आइसोलेसनमा ९ हजार २ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १६६ जना संक्रमित थपिएका छन् ।  काठमाडौंमा सबैभन्दा बढी १२६ जना संक्रमित थपिएको र भक्तपुरमा २८ तथा ललितपुरमा १२ जना गरी १६६ जना संक्रमित थपिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*