चितवनमा थप ७ दिन निषेधाज्ञा

बाइलाइन नेपाल
५ भाद्र २०७७, शुक्रबार १६:१९

कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै चितवन जिल्लाभर थप ७ दिन निषेधाज्ञा गरिने भएको छ।जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाका ६ पालिकामा लागू गरेको निषेधाज्ञा माडीसमेत गरी जिल्लाभर नै लागू गरेको छ।

शुक्रबार राति १२ बजे सकिने निषेधाज्ञा अब आगामी भदौ १२ गते राति १२ बजेसम्म लम्बिएको छ।चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सुरक्षा समिति बैठकले यो निर्णय गरेको जानकारी दिए।

यसअघि गत साउन ३० गते राति १२ बजेदेखि लागू हुने गरी चितवनका माडीबाहेक ६ पालिकामा लागू हुने गरी एक साता लामो निषेधाज्ञा जारी गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*