नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार १७:०५

नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ थियो । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० थियो । मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको थियो । आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*