कांग्रेस नेतृ डिना उपाध्ययलाई कोरोना संक्रमण
हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्यायलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । योसँगै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी छन् । मंगलबार आएको रिर्पोटमा उनलाई कोरोना भाईरस संक्रमण देखिएको हो ।
काठमाडौंमा गरेको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । मंगलबार सर्वाधिक कोरोनाभाइरसको संक्रमितको संख्या एक हजार १६ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार १६ जना नयाँ संक्रमित देखिएसँगै कूल कोरोनाभाइरस संक्रमितका संख्या २८ हजार २ सय ५६ पुगेको छ ।

बाइलाइन नेपाल











