एसइईको परीक्षाफल प्रकाशित

बाइलाइन नेपाल
१ भाद्र २०७७, सोमबार १८:४२

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो। ‘भर्खरै परीक्षाफल प्रकाशित भयो,’ खकुरेलले  भने, ‘परीक्षाफल बोर्डले प्रमाणीकरण गर्‍यो।’

चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए। शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए। ‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आयो। केही अयोग्य भए,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*