बार्सिलोनाद्वारा प्रशिक्षक सेटिएन बर्खास्त !

बाइलाइन नेपाल
१ भाद्र २०७७, सोमबार १६:३५

स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् ।

च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो ।बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’

यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।

कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*