निषेधाज्ञा अवधिभर सहकारी सस्था संचालन नगर्न अनुरोध
हेटौंडा । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले भाद्र ९ गते सम्म निषेधाज्ञा जारी गरेपछि मकवानपुर जिल्ला सहकारी संघले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेको छ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बिज्ञप्ति जारि गरि अत्यावश्यक काममा सुरक्षाको सम्पुर्ण उपाय अबलम्बन गरि सदस्यहरुलाइ सेवा प्रदान गर्न समेत अनुरोध गरेका छन् । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देवकोटाले आग्रह गरेका छन् । ।
यसैबिच थाहा नगारपालिकामा रहेका बित्तीय संस्थाहरु सुरक्षाका विधि अपनाइ बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मात्र सञ्चालन गरिने भएको छ । आइतबार थाहा नगरपालिकामा भएको बैठकले सर्वसाधारणमा कोरोना भाइरसको खतरा बढेको कारण बित्तीय संस्थाहरु बढी जोखिममा रहेकोले कार्य समय कम गरिएको थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले बताए साथै बित्तीय सेवा लिन जाँदा सर्वसाधारणले सुरक्षाको विधि पुर्ण रुपमा पालना गर्न समेत प्रमुख घिमिरेले आग्रह गरेका छन् ।

बाइलाइन नेपाल











