कालिकोटमा आमा र तीन छोराछोरीलाई खोलाले बगायो
कालीकोटमा खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ स्थित मालकोटको उत्छब खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् ।
कालीकोट जिल्ला प्रहरी कार्यालयका अनुसार पञ्चदेवल विनायक नगरपालिका–९ तामकोट गाउँबाट माइती आउने क्रममा ३३ वर्षीया देवा बोहोरा र उनका ३ छोराछोरीको मृत्यु भएको हो । १४ वर्षीया छोरी विपना, ७ वर्षीय छोरा हेमन्त र १ वर्षीया छोरी आकृतिको मृत्यु भएको कालीकोटका डीएसपी श्यामबाबु ओलियाले बताए । छोराछोरी बगेपछि पिठ्यूँमा सानी छोरी बोकेकी देवाले खोलामा हाम्फालेपछि उनको पनि मृत्यु भएको प्रहरीको भनाइ छ ।

बाइलाइन नेपाल











