झरनाले गर्यो डायस्पोरिक कवि गोष्ठी

बाइलाइन नेपाल
August 16th, 2020

हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २५५ औं साहित्य शृङ्खलाका अवसरमा शनिबार डायस्पोरिक कवि गोष्ठी गरेको छ । कार्यक्रममा विभिन्न ९ देशबाट १२ जना कविहरूको सहभागिता रहेको थियो ।

जुम एपमार्फत् संचालन गरिएको कार्यक्रममा क्यानडाबाट अनमोलमणि, जापानबाट उमेश तिमल्सिना, भारतबाट जीविका अश्रु, अष्ट्रेलियाबाट जेनन नेपाल, कतारबाट तिर्थ संगम राई, पोर्चुगलबाट मुना चौधरी, बेलायतबाट सुनिल संगम, इजरायलबाट सुरेन्द्र प्रसाईँ, अमेरिकाबाट वासुदेव खनाल, दीपा राई पुन, दुर्गा रिजाल र मनु लोहरुङ राई गरी १२ जना कवि तथा कवयत्रीहरूले आफ्ना दुइदुइवटा काव्य सिर्जना प्रस्तुत गरेका थिए ।

अतिथि कविहरूका साथमा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धव सापकोटा, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, आँचल साहित्यकला पुञ्ज कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सदस्य सन्तराम राईलगायत विभिन्न विद्यालयमा अध्ययनरत् नवसर्जकहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव मसान उपासकले गरेका थिए । मिडिया पार्टनरका रुपमा रहेको एनएस टेलिभिजनले कार्यक्रमलाई युट्युब लाइभमार्फत् पनि प्रस्तुत गरेको थियो ।

झरना साहित्यिक परिवार मकवानपुरले कोरोना कहरको यो प्रतिकूल समयका बाबजुद पनि आफ्ना नियमित र विशेष कार्यक्रमहरुलाई साहित्यप्रेमीहरुका माझमा फरकफरक स्वादमा पस्किरहेको छ । अघिल्लो महिना झरना साहित्यिक परिवार मकवानपुरले अन्तरप्रदेश कवि गोष्ठीको आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*