आइतबारको मौसम पूर्वानुमान

बाइलाइन नेपाल
३२ श्रावण २०७७, आईतवार ०७:३७

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ । आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । यसैगरी, राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*