कोरोनाबाट ९९ जनाको मृत्यु

बाइलाइन नेपाल
३० श्रावण २०७७, शुक्रबार १६:५२

शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।  उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

प्रदेश १ का ९, प्रदेश २ का ४२, बागमती प्रदेशका १८, गण्डकी प्रदेशका ६, पदेश ५ का १२, कर्णालीका ४ र सुदूरपश्चिम प्रदेशका ८ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*