५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

बाइलाइन नेपाल
३० श्रावण २०७७, शुक्रबार १६:५०

पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार ६३८ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा २४० जना निको भएका छन् । अहिलेसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ६६.०८ प्रतिशत संक्रमित निको भएको मन्त्रालयको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*