सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन

बाइलाइन नेपाल
२८ श्रावण २०७७, बुधबार २०:४९

एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ। गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हाे।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’  अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*