गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गर्‍यो

बाइलाइन नेपाल
२७ श्रावण २०७७, मंगलवार ११:५३

गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा शव फेला परेको थियो । सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय पनि गरेकी छिन् ।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरीले हत्या पछि शव व्यवस्थापनमा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । उनलाई चितवनबाटै पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*