आज साउने सोमबारको ब्रत समापन गरिँदै

बाइलाइन नेपाल
२६ श्रावण २०७७, सोमबार ०६:५७

आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । यसवर्ष कोरोना भाइरसका कारण शिवालयहरु बन्द रहेका छन् । जसका कारण अघिल्ला वर्षहरुको जस्तो रौनक छैन ।

काठमाडौंको पशुपति, सानो पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजन पुगेपनि शिवालयहरु बन्द छन् । भक्तजनले बाहिरैबाट पूजा गरेर फर्किने गरेका छन् ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोते लगाउने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*