कोरोना संक्रमित भेटिएपछि हेटौंडा वडा नम्बर–६ मा ‘सट डाउन’
हेटौंडा । कोरोना संक्रमित दैनिक देखिन थालेपछि हेटौंडा उपमहानगरपालिका–६ मा शनिबारदेखि सट डाउन गरिने भएको छ । विहीबार र शुक्रबार गरि हेटौंडा–६ मा २ जनामा कोरोना देखिएपछि सट डाउन गरिने भएको हो ।
वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंका अनुसार ५ दिनसम्म हेटौंडाउपमहानगरपालिका वडा नम्बर ६ मा विहान ९ बजेपछि व्यापार व्यवसाय, संघसंस्था लगायत संचालनमा पूर्ण रूपमा रोक लगाइएको छ । वडा कार्यालयको निर्देशन उल्लंघन गरे कानुन बमोजिम कारवाही हुने उनको भनाइ छ । उनले स्वास्थ सुरक्षा र कोरोना संक्रमणको जोखिम रोक्न सावधानी अवलम्बन गरि सहयोग गर्न वडाबासीलाई आग्रह समेत गरेका छन् ।

बाइलाइन नेपाल











