हेटौंडामा आज ५ जनालाई कोरोना संक्रमण
हेटौंडा । हेटौंडामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । आज शुक्रबार मात्रै हेटौंडा उपमहानगरपालिका भित्र ५ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । हेटौंडा उपमहानगरमा ५ र भीमफेदी गाउँपालिकामा १ गरी मकवानपुरमा आज ६ जनालाई कोरोना संक्रमण भएको छ ।
संक्रमण भएका ६ जना मध्यमा ४ जना हेटौंडा उपमहानगरपालिका भित्रका, एक जना भीमफेदी गाउँपालिकाको र एक जना नेपाल प्रहरी लाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी पनि हेटौंडाकै रहेको स्रोतले जनाएको छ ।
आज कोरोना संक्रमण पुष्टि भएका हेटौंडा ९ का ५८ वर्षीय पुरुष, हेटौंडा ६ का ३२ वर्षीया महिला, हेटौंडा ८ का ४० वर्षीय पुरुष, हेटौंडा ५ का ५५ वर्षीय पुरुष, भीमफेदी गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय पुरुष र मकवानपुरमा कार्यरत नेपाल प्रहरीका ४२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

बाइलाइन नेपाल











