वाग्मती गाउँपालिकामा कांग्रेसको क्रियाशिल सदस्य भेला

बाइलाइन नेपाल
२३ श्रावण २०७७, शुक्रबार १५:५९

हेटौंडा । वाग्गमती गाउँपालिकामा नेपाली कांग्रेसको क्रियाशिल सदस्य भेला भएको छ । गाउँपालिकाको वडा १,२ र ३ मा क्रियाशिल सदस्यता नविकरण संगै भेला भएको हो । शुक्रबार वडा नम्बर १ का वडा सभापति सञ्जय राईको सभापतित्व तथा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य भीमसेन महतको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

दुई सय भन्दा बढी सदस्यहरुको उपस्थितमा भएको भेलामा नेता महतले क्रियाशिल सदस्यको महत्व तथा जिम्मेवारी बताउदैं राजनिति सेवा हो मेवा नभएको बताए । गरिब जनता, अन्यायमा परेका, विभेदमा परेका जनताको समस्याको समाधान नै गर्दै संगठन विस्तारमा लाग्न आग्रह गरेका छन् ।

भेलामा कांग्रेस गाउँपाकिकाका सभापति भक्त बहादुर राई, गाउँपालिकाका उपसभापति डम्बर विश्वकमा, शिक्षक संघका जय नेपाल थापा, वडा २ का सभापति सुकराम राई, क्षेत्रिय सदस्य लक्ष्मी कुमार राई, १ नम्बर वडा अध्यक्ष ढगेन्द्र वाईवालगायतले आफ्नो भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*