रामनारायण विडारी फेरि आश्वासन समितिको सभापति

बाइलाइन नेपाल
२३ श्रावण २०७७, शुक्रबार १५:४१

राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । अहिले निर्विरोध निर्वाचित भएकाहरु नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकार्य सकिएपछि पुनः उनिहरुलाई नै सभापतिमा चयन गरिएको हो ।

समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट सभापति चयन भएका छन् । त्यसैगरी , विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*