कोरोना भाइरसको त्रासः सिंहदरबार प्रवेशमा कडाइ
कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।
मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार सरकारी कर्मचारी र सरकारी काममा जानेहरुलेे मात्रै प्रवेश पाउनेछ् । राजनीतिकलगायतका भेटघाट प्रयोजनका लागि पास दिइने छैन् ।
पत्रकारले पनि कहाँ कसलाई भेट्ने हो भन्ने स्पष्ट गरेपछि मात्रै प्रवेश पाउने उनले जानकारी दिए । ‘अनावश्यक भेटघाटले कोरोना भाइरसको जोखिम बढेको आंकलन गरेर केही कडाइ गरिएको छ’ अधिकारीले भने । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

बाइलाइन नेपाल











