मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सोलीथुम दमार निवासी २८ वर्षीय उदवराज ढकालको मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको छ । ८ वर्षदेखि मृगौलारोगबाट पीडित ढकालको दुवै मृगौलाले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको हो ।
दुवै मृगौलामा समस्या आएपछि आठ वर्षदेखि औषधि खाँदै आएपनि विगत ६ महिना देखि भने हेटौंडाको चुरेहिल अस्पतालमा डाइलोसिस गर्दै आएका थिए ।
मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको उनका बाबु गुणनिधि ढकालले बताए । सानै उमेरमा दुवै मृगौला फेल भएकाले उपचार गर्दा गर्दै अहिले सम्म ३२ लाख रुपैयाँ सकिएको र अब प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको उनको भनाइ छ ।
एउटा मृगौला दिनका लागि आफन्त तयार रहेपनि प्रत्यायारोपण गर्नका लागि आर्थिक समस्या भएको उनले बताए । प्रत्यारोपण गर्न सकेमा हप्तामा दुर्इपटक डाइलासिस गर्नुपर्ने समस्या नहुने र बिरामीलाई पनि सहज हुने जनाइएको छ । सामान्य खेती किसानी गर्दै आएका ढकालले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

बाइलाइन नेपाल











