पत्रकार महासंघको राष्ट्रिय भेला बारे हेटौंडामा छलफल
हेटौंडा । नेपाल पत्रकार महासंघको हेटौंडामा यही भदौ २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य कृष्ण गिरीसहितको उपस्थितिमा आज नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिको हेटौंडा ११ थानाभर्याङस्थित कार्यालयमा छलफल भएको छ ।
छलफलमा महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईं सहित मकवानपुर शाखाका पूर्व अध्यक्षहरु, पत्रकार सम्बद्ध बिभिन्न संघ संगठनका जिल्ला अध्यक्ष तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी थिए ।
बढ्दो कोरोना त्रासका बीच भेलालाई ब्यवस्थित र सहज ढंगले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भएको छ । कोरोनाको जोखिम न्यून रहेका शाखाका अध्यक्षहरुलाई हेटौंडा बोलाउने र बाँकीलाई भर्चुअल मिटिङमा सहभागि गराउने केन्द्रीय अध्यक्ष आचार्यले बताए ।

बाइलाइन नेपाल











