भारी वर्षासँगै सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता

बाइलाइन नेपाल
१९ श्रावण २०७७, सोमबार ०७:०८
फाइल तस्वीर

६/७ घण्टासम्म भएको  भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ ।पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका एक जनाको आधा शरीर पुरिएको र उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*