आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बाइलाइन नेपाल
१८ श्रावण २०७७, आईतवार १८:१२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्न बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फन्त आरडीटी परीक्षण नगर्ने निर्णय भएको बताएक हुन् ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले सबै प्रदेश, स्थानीयत तह र सबै अस्पतालहरुलाई जानकारी गराइएको पनि जानकारी दिए ।उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीयत तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ ।’ डा गौतमले देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवाहरु बन्द भएको गुनासो आएकाले अस्पतालहरुले यथोचित व्यवस्थापन गरी अस्पताल संचालन गर्न पनि आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*