नेकपाका नेता एकालाल श्रेष्ठले वृद्धाश्रममा मनाए जन्मदिन

बाइलाइन नेपाल
August 1st, 2020

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका कार्यालय सदस्य तथा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठले आफ्नो जन्मदिन वृद्धाआश्रममा मनाएका छन् । जन्मदिनको अवसर नेता श्रेष्ठले हेटौंडा–१ मा रहेको ओम वृद्धाश्रमलाई सहयोग गरेर मनाएका हुन् । उनले पाँच वर्षदेखि बृद्धाश्रममा जन्मदिन मनाउँदै आएका छन् ।

जन्मदिनका अवसरमा वृद्धाश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गर्दै जन्मदिन मनाएका हुन् । श्रेष्ठले वृद्धाश्रम निर्माण गर्नका लागि विशेष योगदान पु¥र्याएका थिए । आिश्रममा बस्ने वृद्धावृद्धालाई खाना खुवाउनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेको बताए ।

ओम वृद्धाआश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, हेटौंडा–४ का वडाअध्यक्ष नविन सिग्देल, हेटौंडा– १ का वडा सदस्य बेगम बराल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल बुद्धिचाल संघका धरम लामा लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*