हटियाको बालबोध माविमा आइसीटी ल्याब निर्माण, २० जना शिक्षकलाई ल्यापटप
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ हटियामा रहेको बालबोध माध्यमिक विद्यालयमा आइसीटी ल्याब निर्माण गरिएको छ । विद्यालयमा निर्माण गरिएको ल्याबको शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गरेका छन् ।
ल्याब उद्घाटन कार्यक्रममा मेयर महतले पिद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरेका छन् । शिक्षकलाई ल्यापटप वितरणसंगै शैक्षिक गुणस्तर सुधार गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा २४ वटा कम्युटर राखिएको छ भने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो ।
शिक्षकलाई ल्यापटप वितरण गर्दै मेय महतले अहिलेको युग प्रविधिको युग भएकाले यसतर्फ सबै लाग्नुपर्ने बताए । प्रविधिका माध्यमले अध्यापन गराउँदा शिक्षक र बिद्यार्थी दुवैको क्षमतामा विस्तार हुने उल्लेख गर्दै उनले अब परम्परागत तरिकाले भन्दा पनि प्रविधिका माध्यमले विद्यार्थीलाई सिकाउँदा छिटो सिक्ने र शैक्षिक गुणस्तर पनि सुधार हुने मेयर महतले उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१७ का वडाअध्यक्ष भैरवबहादुर राइर्, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शंकरबहादुर राई, उपमहानगरपालिका मेयर महतका राजनीतिक सल्लाहकार नरहरि महत, बकैया गाउँपालिकाका विद्यालय निरीक्षक आइतराम तामाङ लगायतकाको आतिथ्यता रहेको थियो ।

बाइलाइन नेपाल











