अब वाग्मती प्रदेशको सबै नाकामा डिजिटल निगरानी

बाइलाइन नेपाल
१६ श्रावण २०७७, शुक्रबार १२:५९

हेटौंडा । वाग्मती प्रदेशको सुरक्षा व्यवस्थालाई थप मजबुत र व्यवस्थित बनाउनका लागि अब डिजिटल प्रविधिको पनि उपयोग गरिने भएको छ । वाग्मती प्रदेश प्रवेश गर्ने मुख्य नाकासहित अन्य स्थानमा डिजिटल मार्फत् निगरानी कडा पारिने भएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले वाग्मती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सबै नाकामा प्रहरीको डिजिटल निगरानी थालेको हो । जस अन्र्तगत सबैभन्दा प्रदेश २ वटा राजधानी प्रवेश गर्ने मुख्य नाका हेटौंडा उपमहानगरपालिकाको रातोमाटेमा सीसीक्यामेराबाट चेकिङ गरिने भएको हो ।

प्रदेशको आन्तरिक सुरक्षाका लागि अब प्रविधिका माध्यमले काम गर्नेगरी तयारी थालिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले बताए । वाग्मती प्रदेश प्रवेश गर्ने हेटौंडाको रातोमाटे, खासा केरुङ नाका, भारतबाट प्रदेश प्रवेश गर्ने विभिन्न नाकामा सीसी क्यामेराको माध्यमले निगरानी गर्न लागिएको हो । त्यसका लागि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटको व्यवस्था गर्ने छ । प्रविधिका माध्यमले चेकिङ गर्दा सुरक्षामा थप सहजता प्रदान गर्ने छ ।

यसैगरी प्रदेशका १० वटै जिल्लाका सदरमुकाममा पनि सीसीक्यामेरा राखिने भएको छ । स्थानीय तहका सरकार र प्रदेश सरकारसंगको सहकार्यमा सीसीक्यामेरा राख्न लागिएको हो । प्रविधिका माध्यमले शान्तिसुरक्षा कायम गर्नका लागि सहयोग पुग्ने र अपराध गर्नेलाई पक्राउ गर्न सहज हुने भएकाले सीसीक्यामेरा राख्न लागिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*