थाहानगरमा चालु आर्थिक वर्षको योजना कार्यान्वयन प्रारम्भ

बाइलाइन नेपाल
१५ श्रावण २०७७, बिहीबार ०८:१०
फाइल तस्वीर

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को योजना कार्यान्वय प्रारम्भ गरेको छ । नगरपालिकाले १४ साउनमा वडा कार्यालयहरुलाई उपभोक्ता समिति गठन गर्नको लागि परिपत्र गरेको छ ।

उपभोक्ता समिति गठन लगतै समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । नगरपालिकाले वडा कार्यालयहरुलाई गरेको परिपत्रमा भाद्र १० गतेसम्म सबै उपभोक्ता समिति गठन गर्नको लागि भनिएको छ । नगरपालिकाले उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष, वडाका पाँचै जना जनप्रतिनीधि र वडा सचिवलाई १४ भाद्रदेखि अनुशिक्षण नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको छ ।

२०७७ फागुन मसान्तसम्म नगरका सबै योजना सम्पन्न गर्ने लक्ष्यका साथ कार्ययोजना बनाएर नगरपालिकाले योजना कार्यान्वयनको खाका तयार गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । नगरपालिकाले ठेक्कापट्टाबाट संचालन गर्ने योजनाहरुको पनि ७ भाद्रमा सबै सूचना प्रकाशन गर्ने पुरीले जानकारी दिए ।नगरपालिकाले शाखागत रुपमा अघिल्लो आर्थिक वर्षको समिक्षा र वार्षिक योजना समेत निर्माण गरी योजना कार्यान्वयन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*