मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको उपकुलपतिमा जोशी

बाइलाइन नेपाल
१४ श्रावण २०७७, बुधबार २०:२१

हेटौंडा । वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको उपकुलपतिमा प्राध्यापक डाक्टर विश्वराज जोशी (बीआर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परिषद्को बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहेका जोशीले सन १९७४ मा एम डी र १९८३ मा डाक्टर उपाधि हासिल गरेका थिए । उपकुलपति नियुक्तीसंगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकालागी मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ । यसैगरी प्रदेश युवा परिषद् नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*