कालीकोटमा पहिरोले घर भत्किँदा ४ जनाको मृत्यु

बाइलाइन नेपाल
१४ श्रावण २०७७, बुधबार १३:०७
फाइल तस्वीर

मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुई बालक बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ ।

राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको ओलियाले जानकारी दिए । ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पहिरोमा ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढा बेपत्ता भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*