भरतपुर हत्या प्रकरणः पाँच जना पक्राउ

बाइलाइन नेपाल
१३ श्रावण २०७७, मंगलवार ०७:४७

भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका–१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका–८ बस्ने ३१ वर्षीय प्रकाश विक र एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

हत्यामा संलग्न दुई फरार रहेको, गुरुङले कमल गन्धर्वसँग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा गुरुङको हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*