राखेपको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त

बाइलाइन नेपाल
July 27th, 2020

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् । सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको मन्त्रिपरिषदमा सहभागि एक मन्त्रीले जानकारी दिए ।

आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो । त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*