क्यान्सर पीडित पूर्वजनमुक्ति सेनाको उपचारमा मन्त्री युवराज दुलालको सहयोग

बाइलाइन नेपाल
१२ श्रावण २०७७, सोमबार २०:०७

हेटौंडा । पूर्वजनमुक्ति सेनाका कम्पनी कमान्डर नैन बहादुर तामाङ ‘जमिन’ लाई वाग्गमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले ५० हजार सहयोग गरेका छन्। सिन्धुपाल्चोक सुनकोसी स्थायी घर भएका तामाङ तत्कालिन शाही सेनासँगको लडाइमा बमको छर्रा लाग्दा सख्त घाइते भएका थिए।

घाइते तामाङ लामो समय देखि बमको छर्रा कारण क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुनु परेको थियो। क्यान्सर पीडित तामाङको अवस्था सार्वजनिक भए संगै वाग्मती प्रदेश सामाजिक मन्त्री दुलालले उनको अस्थायी निवास भक्तपुर पुगि सहयोग रकम प्रतिबद्धता गरेका हुन्।

तत्काल अप्ठ्यारो परिस्थिति टार्नका निमित्त केही रकम सहयोग गरेता पनि क्यान्सर पीडित तामाङको सम्पुर्ण उपचारका निमित्त लागि पर्ने बिश्वास समेत उनले दिलाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*