पुष्पलाल मित्रता केन्द्र मकवानपुरमा मदन दाहालको नेतृत्व
हेटौंडा । पुष्पलाल मित्रता केन्द्र मकवानुर गठन गरिएको छ । केन्द्रीय कमिटीद्वारा आयोजित जिल्ला भेलाले मदनकुमार दाहालको अध्यक्षतामा ३३ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तेजप्रसाद रुपमाखेती, श्रीजना थिङ, सचिवमा कमानसिंह पाख्रिन , उपसचिवमा इश्वर ढुंगाना, कोषाध्यक्षमा प्रकाश पाण्डे लगायतका चयन भएका छन् ।
भेलाको उद्घाटन् गर्दै नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले कम्युनिष्ट पार्टीको आन्दोलनकोबिजारोपण पुष्पलाले गरेको बताए । कम्युनिष्ट पार्टी जुट्ने र फुट्ने काम निरन्तर भएकाले अहिले जुटेर कम्युनिष्टका पाँच वटा मात्र पार्टी रहेको बताए । जसले नीति बनायो उसैले नेतृत्व गर्न नसक्ने समस्याले गर्दा थप समस्या श्रृजना भएको मित्रता केन्द्रका केन्द्रीय सचिवालय समेत रहेका खतिवडाले उल्लेख गरे । संस्था पार्टी र सरकारको केन्द्र नभएको स्पष्ट पार्दै उनले यसले बैचारिक बहस चलाउने काम गरेपनि अन्तिम सत्य भनेको पार्टी नै भएको उल्लेख गरे ।
कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टीलाई समाजबादमा कसरी पुर्याउन सकिन्छ भन्नेकुरा बुझ्न जरुरी रहेको बताइन् । पार्टी सचिव प्रेमबहादुर पुलामीले पार्टीलाई राम्रो र थप बलियो बनाउन सबै लाग्नुपर्ने बताए । केन्द्रका रौतहट अध्यक्ष लक्ष्मण रेग्मी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा, नेकपा मकवानपुरका नेता श्रीधर पोख्रेल, संबिधानसभाका सदस्य राजाराम स्याङतान, पुष्पलाल मित्रता केन्द्र केन्द्रीय कमिटिका सदस्य रामकुमार एलनलगायतकाको आतिथ्यता रहेको थियो ।

बाइलाइन नेपाल











