अस्ताए संगीत उस्ताद भोला जोशी

बाइलाइन नेपाल
July 26th, 2020

हेटौंडा । संगीत उस्ताद भोला जोशीको आज निधन भएको छ । लामो समयदेखि विभिन्न रोगसँग लडिरहेका जोशीको आइतबार निधन भएकोहो । उनको ८० वर्षको उमेरमा आज अपरान्ह १२ बजेतिर हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै निधन भएको पारिवारले जनाएका छन् ।

मकवानपुरमा रहेर लामो समयदेखि संगीत क्षेत्रमा काम गरेका जोशीका चेला अहिले देशकै ख्याती प्राप्त संगीतकार र गायक रहेका छन् । लामो समयदेखि दम र सुगरबाट पीडित जोशी सेवानिवृत्त शिक्षक हुन् । जोशीको आजै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ ।

उनको संगीतमा फत्तेमानदेखि राजेशपायल राईसम्मले गीत गाएका छन्। उनका चेलाहरुमा चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोषलगायत रहेका छन् । जो अहिले देश विदेशमा राम्रा संगीतकारमा गनिन्नछन् । उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भर्नु भएको छ । उनी तबला, बाँसुरी र हार्मोनियम कलामा पोख्त थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*