१३ वटै जिल्लामा हरित सहर निर्माण गर्दै वाग्मती प्रदेश सरकार

बाइलाइन नेपाल
११ श्रावण २०७७, आईतवार १७:५४
फाइल तस्वीर

वाग्मती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ । १३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गइरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र सडक करिडोरमा वृक्षारोपणलाई प्राथमिकता दिएको हो ।

सहरको बीचमा खेर गइरहेका जमीनमा साना पार्क निर्माण गर्दै विश्रामस्थल बनाउने काम गरिरहेको सरकारले सडक पेटी र खोला किनारमा वृक्षारोपणलाई उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले बताए । उनका अनुसार अभियान अन्तरगत सरकारले संघीय राजधानीसहित १३ जिल्लामा ७ करोडको लगानीमा ७५ वटा पार्क निर्माण गरिरसेकेको छ ।

निर्माण भएका पार्क हस्तान्तरको तयारी सरकारले गरेको उनको भनाइ छ । रोपिएका बिरुवा उखेलेर लैजाने, तयार भएको पार्क संरक्षणको लागि समस्या भएपछि सरकारले दिगो संरक्षण र विकासका लागि हस्तान्तरण अभियान थालेको सचिव वाग्लेले बताए । सम्बन्धित डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारले निमार्ण गरेको पार्क र सडक किनाराका बिरुवा जोगाउन असहज भएपछि स्थानीय तहलाई हस्तान्तरणको तयारी गरिएको छ ।

स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिदै सरकारले आइतबार काठमाडौं ४ र ७ नम्बर वडालाई बागतमी करिडोर र विश्रान्ती पार्क तथा ललितपुरमा बुलुपार्क संरक्षणको लागि हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । हरित सहर निर्माणको लागि सरकारले काठमाडौंको कागेश्वरी – मुलपानीको एक किलोमिटर, जडिबुटी– पेप्सिकोला २.५ किलोमिटर, हात्तीसार–जय नेपाल करिडोरमा एक किलोमिटर, वाग्मती करिडोरमा १० किलोमिटर, बिष्णुमती, मनहरा खोला र धोबिखोला करिडोरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत बद्रीबहादुर कार्कीले बताए ।

प्रदेश सरकार स्थापनापछि काठमाडौंले पर्यटन विकास आयोजनामार्फत ४१ वटा पार्क निर्माण र सहरी वनका १२ करोड ३ लाख रुपैयाँ, भक्तपुरले पछि ४ पार्क निर्माण र सहरी वनका लागि एक करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । ललितपुरले गत आर्थिक वर्षमा ८ वटा पार्क निर्माणसँगै सहरी वन कार्यान्वयनका लागि ६५ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ ।

संघको सडकमा प्रदेशका मन्त्री

संघीय राजधानीका तीन सहरलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले थालेको ‘सफा सहर, हरित सहर’ अभियान कार्यान्वयनको अवस्था मूल्याङकनका लागि मन्त्री अरुण नेपाल राजधानीका सडकमा पुगेका छन् ।सरकारले डिभिजन वन कार्यालयमार्फत अघिल्लो आर्थिक वर्षबाटै थालेको काम र त्यसको अवस्था मूल्याङकनका लागि मन्त्री नेपालले काठमाडौं र ललितपुरको काम कार्यान्वयनको अवस्था मूल्याङकन गर्दै अनुगमन गरेका छन् ।

ललितपुरमा सरकारले गरेको हरित पर्यापर्यटन पार्कको अवलोकन गरेका मन्त्री नेपालले काठमाडौंमा हरित शहर अभियाजनका लागि भएका कामको अवलोकन गरेका छन् ।शनिबार र आइतवार दुई दिन सफा सहर, हरित नगर अभियानको मूल्याङकनमा हिडेका मन्त्री नेपालले संघ हेरेर अन्य क्षेत्रले काम गर्ने भएकाले यसै क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

उनले अबको दुई वर्ष सरकारको अभियानलाई कार्यान्वयन गर्ने दिशामा जान सबैको सहयोग आवश्यक रहेको बताए । उनले ठुलालाई हेरेर सानाले सिक्ने हो, त्यसैले संघलाई प्राथमिकतामा राखेर हरित अभियानको काम थालेको बताए ।उनले काठमाडौंमा कागेश्वरी( मुलपानी, जडिबुटी( पेप्सिकोला, बागमती, बिष्णुमती, मनहरा खोला र धोबिखोला करिडोरमा भएको हरित अभियानको निरीक्षण गरेका थिए ।–साभारः अनलइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*