आइतबारदेखि उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गरिने

बाइलाइन नेपाल
१० श्रावण २०७७, शनिबार २१:१२

सरकारले काठमाडौं उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गर्ने भएको छ । लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए । घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*