वीरगञ्जमा किशोरीको कोरोना संक्रमणबाट मृत्यु
कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा १७ वर्षीया किशोरीको मृत्यु भएको छ । वीरगञ्ज- २१ की ती किशोरीको वीरगन्ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए ।
उनका अनुसार ती किशोरीको स्वाब बिहान संकलन गरेर परीक्षणका लागि पठाइएको थियो तर बेलुका आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ भने ती किशोरीको पनि करिब २ घण्टाअघि मृत्यु भएको छ । उनले भने, “ती किशोरीलाई भाईरल ज्वरो देखिएको थियो ।”
त्यसैगरी , बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचारर क्ममा वीरगन्ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

बाइलाइन नेपाल











