आयो उदय चौलागाईँको गाईजात्रा ‘हि हि हि सरकार’

बाइलाइन नेपाल
July 24th, 2020

हेटौंडा । २०७७ सालको गाइजात्रालाई लक्षित गर्दै मकवानपुरे युवाले गाइजात्रे कोशेली बजारमा ल्याएका छन् । मकवानपुरे युवा उदय चौलागाईँले समाजका विभिन्न विषयवस्तुलाई समेटेर ‘हि हि हि सरकार’ नामक जाइजात्रे कोशेली बजारमा ल्याएका हुन् ।

प्रदेशको राजधानी हेटौंडाबाट हेटौंडा सेरोफेरो नामक युटुब च्यानलबाट गाईजात्रे कोशेली सार्वजनिक गरेको चौलागाईले जानकारी दिए । ‘सबै कुरा काठमाडौ केन्द्रित रहने परम्परालाई हटाउँदै अब प्रदेश राजधानीलाई केन्द्रमा राखेर कोशेली ल्याएको छु । सबैले हेरेर प्रतिक्रिया दिनुहोला’,–उनले भने ।

कोशेलीमा समाज घटेका घटना, राजनीति दल, नेतासहित विभिन्न क्षेत्रलाई समेटेर हास्यव्यांग्य मार्फत् खबरदारी गरेको उनको दाबी छ । वाग्मती प्रदेशको राजधानी हेटौँँडाबाट उनले २०७५ सालदेखि निरन्तर गाईजात्रे कोशेली बजारमा ल्याइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*