विपद व्यवस्थापनमा जुट्यो भीमफेदी गाउँपालिका

बाइलाइन नेपाल
८ श्रावण २०७७, बिहीबार १७:५८

हेटौंडा । भीमफेदी गाउँपालिकाले वर्षायामलाई मध्येनजर गर्दै गाउँपालिकामा रहेका विपद व्यवस्थापनका सबै निकायलाई भेला गरी विपद व्यवस्थापनका लागि योजना बनाएको छ । विपद तथा प्राकृतिक प्रकोप आएमा उद्दारका लागि तयारी अवस्थामा रहने देखि वर्षायाममा विपद आइपर्न सक्ने स्थानको पहिचान र रोकथाम गर्ने विषयमा भेलामा छलफल भएको थियो ।

भेलामा वर्षायाममा बाढीपहिरोका कारण जुनसुकै समयमा विपद आउन सक्ने भएकाले गाउँपालिका तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले गाउँपालिकावासीको सुरक्षाका लागि जुनसुकै समयमा पनि काम गर्न तयार रहेको उल्लेख गर्दै सबै समस्यामा परेकाहरुले तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरका छन् ।

भेलाले भीमफेदी गाउँपालिका सम्भावित जोखिम प्रकोप स्थलको पहिचान साथै विपद व्यवस्थापन समिति संयोजक प्रितिलाल लामाको अध्यक्षतामा १९ सदस्यीयसदश्य आकस्मिक उद्दार परचिालीत कमिटी चयन गरेको छ । कमिटीमा सोमबहादुर स्याङ्तान, काशिराम बज्यु, बुद्धिमान बज्यु, सूर्यबहादुर भुजेल, जहारसिं लामा, सनत घिसिङ, बुद्धिबहादुर सिंजाली, नवराज अधिकारी, प्रकाश पुडासैनी, गाउँपालिका कार्यालय प्रतिनिधि सुदिप कंडेल, रेडक्रस उपशाखाका देवराज देवकोटा, चिकित्सक प्रतिनिधि डा. सुनिल थापा, स्काउट प्रतिनिधि बिश्व सुनार, क्याडर प्रतिनिधि शिव रुम्बा, रमिला सापकोटा, नेपाली सेनाका मेजर श्री राना तथा नेपाल प्रहरीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेपाल प्रहरीको राष्टिय अभियान “मास्क अनिवार्य लगाउ” भन्ने कार्यक्रमलाई सार्थक बनाउन अनुरोध गर्दै कोभिड १९ पनि विपद नै भएकोले सार्वजनिक कार्यक्रम तथा स्थानमा हिँडडुल गर्दा सबैले मास्क प्रयोग गर्न आग्रह गरिएको छ । सार्वजनिक स्थलमा मास्क प्रयोग नगरेमा जरिवाना लाग्ने बारे प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*