महासंघको स्थापना दिवसको अवसरमा मामाघरलाई खाद्यान्न

बाइलाइन नेपाल
८ श्रावण २०७७, बिहीबार १४:३०

हेटौंडा । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ मकवानपुरले स्थापाना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग गरेको हो ।

संघले चामल, तेल, नुन, साबनलगायतका विभिन्न सामान मामाघरका संस्थापक अर्पण पराजुलीलाई हस्तान्तरण गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपाने तथा जिल्ला अध्यक्ष गोकल श्रेष्ठले मामाघरलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय हरि शर्मा, सुष्मा लटौला खरेल, संघका निवर्तमान जिल्ला अध्यक्ष शम्भुप्रसाद ढकाललगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरसका कारण महासंघको स्थापना दिवस जिल्लाजिल्लामा फरकफरक किसिमबाट मनाइएको अध्यक्ष न्यौपानेले बताए । महासंघमा हालसम्म ३० जिल्ला आवद्ध भएका छन् । कोरोनालाई ध्यान दिंदै जिल्ला शाखाले रक्रदान, खाद्यान्न वितरण, वृक्षरोपणलगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाइएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*