भोलिदेखि निजी स्कुलले अनलाइन कक्षा सुरु गर्ने

बाइलाइन नेपाल
७ श्रावण २०७७, बुधबार २०:३३

हेटौंडा । निजी स्कुलहरुले भोली बिहीबारबाट फेरि अनलाइन कक्षा सुरु गर्ने भएका छन्। सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि बन्द गरेको कक्षा पुन सुचारु गर्न सहमत भएका हुन्।

सरकारले मंगलबार रातिदेखि लकडाउन अन्त्यको घोषणा गरेपछि बुधबार बसेको प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले अभिभावक संघसँग छलफल गरेर अनलाइन कक्षालाई निरन्तता दिने निष्कर्षमा पुगेका हुन्। शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग प्याब्सन र एनप्याब्सनका पदाधिकारीले बुधबार छलफल गरेका थिए। मन्त्रीले उठाएका माग सम्बोधन गर्दै जाने आश्वासन दिएपछि आफूहरु अनलाइन कक्षा चलाउने निर्णयमा पुगेको प्याब्सनका उपाध्यक्ष कुमार घिमिरेले जानकारी दिए।

अनलाइन कक्षाको शुल्क निर्धारणबारे कार्यदल बनाएको र त्यसैको सुझावका आधारमा शुल्क तोकिने घिमिरेले बताए। प्याब्सन र एनप्याब्सनले शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय पनि फिर्ता लिएको छ। निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट पठनपाठन गर्दै आएका थिए।-देशसञ्चार डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*