लकडाउन सकिए पनि साउनभर काठमाडौं जान पास अनिवार्य

बाइलाइन नेपाल
७ श्रावण २०७७, बुधबार १७:२८
फाइल तस्वीर

हेटौंडा । सरकारले कोरोना भाइरसको रोकथामका लागि गरेको चार महिन लामो लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न सवारी पास भने अनिवार्य गरेको छ । लकडाउन खुले पनि काठमाडौं जान पास चाहिने भएको हो ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ। लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ। तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*