लकडाउन हटेसँगै आजबाट मापसे चेकिङ

बाइलाइन नेपाल
७ श्रावण २०७७, बुधबार १२:०५

हेटौंडा । कोडिभ–१९ को जोखिम रोकथाम गर्न सरकारले लागू गरेको लकडाउन शटेसँगै मादक पदार्थ सेवन परीक्षण (मापसे) शुरु हुने भएको छ । आज शुधबारबाट सवारी चालकको मापसे परिक्षण गरिने महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए ।

चैत ७ बाट काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे परीक्षण रोकेको थियो । चार महिनापछि मापसे जाँच सुचारु भएको छ । अब उपत्यकासहित देशभर मापसे चेकिङ सुरु हुने जनाइएको छ । ‘मापसे गरेको फेला परे अब मेडिकल गरेर कारवाही गर्छौँ’ एसएसपी ढकालले भने, ‘सवारी सञ्चानलमा लगाएको प्रतिबन्ध खुकुलो भएसँगै मापसे जाँच पनि शुरु गर्ने निर्णय गरेका हौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*