ओली र प्रचण्डको ‘गोप्य’ छलफल पछि नेकपाको सचिवालय बैठक सुरु

बाइलाइन नेपाल
३ श्रावण २०७७, शनिबार १६:२१

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठक अहिले बसिरहेकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दिउँसाे सवा तीनबजेदेखि बैठक सुरु भएकाे हाे । सचिवालय बैठक अघि पार्टीका दुई अध्यक्षबीच छुट्टै छलफल भएकाे थियाे ।

पार्टीमा देखिएकाे विवाद समाधानका लागि भइरहेका प्रयासहरु सार्थक नभएपछि सचिवालय बैठक डाकिएकाे हाे । सचिवालय बैठकमा पार्टीकाे केन्द्रीय समितिकाे बैठक डाक्नेबारे छलफल हुने नेताहरुले बताएका छन् । केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा पार्टीमा विवाद चुलिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*