आइतबारदेखि लगातार भारी वर्षाको पूर्वानुमान, पूर्वतयारी गर्न सुझाव

बाइलाइन नेपाल
२ श्रावण २०७७, शुक्रबार ०७:५९

मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । आजै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आइतबारदेखि फेरि भारी वर्षा

एक-दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा अति भारी (ज्यादै ठूलो) वर्षा हुने सम्भावना छ।

विशेषगरी साउन ५ देखि ८ गतेसम्म व्यापक र ठूलो वर्षा हुने जसका कारण देशव्यापी रूपमा बाढीपहिरोको जोखिम देखिएकाले विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन विभागले सुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*