आजको बाढी पूर्वानुमान : यी जिल्लामा सतर्कता अपनाउन अनुरोध

बाइलाइन नेपाल
३० असार २०७७, मंगलवार ११:५५

आगामी ती दिन प्रमुख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केहि स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको भनाइ छ ।

आज ईलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, का।उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहूँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही, कपिलबस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्ल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स–साना नदी जलाधारमा क्षणिक मध्ययम वर्षा भई आकस्मिक बहावको संभावना रहेको छ । उक्त जिल्ला भई बहने स–साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*