बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त

बाइलाइन नेपाल
२९ असार २०७७, सोमबार १९:५६

पूर्वराजा ज्ञानेन्द्र शाहले केहीदिन यताको अविरल वर्षासँगै आएको बाढी पहिरोले मुलुकभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।उनले सोमबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा परहेकाहरुलाई राहत तथा उद्धारमा खट्न सबैमा अनुरोध गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ शोक वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् ।’ उनले प्राकृतिक विपदबाट पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*